नियम १४८
मुद्दाहरूको विवरण
नियम १४७ को उपनियम (२) को खण्ड (घ) बमोजिमको मुद्दाको विवरण उल्लेख गर्दा देहाय बमोजिमका कुराहरू दर्साउनु पर्छः

(क) अघिल्लो दुई वर्षको र प्रतिवेदन अवधिको मुद्दाहरूको सङ्ख्याको तुलनात्मक विवरण तालिका,

(ख) अदालतको विभिन्न अधिकारक्षेत्रमध्ये कुन-कुन अधिकारक्षेत्र अन्तर्गत कति मुद्दा परेको हो भन्ने कुरा र एक न्यायाधीशको इजलास र संयुक्त इजलासबाट हेरिने मुद्दाहरूको बेग्ला-बेग्लै तथ्याङ्क,

(ग) देवानी तथा फौजदारी मुद्दाको अलग-अलग सङ्ख्या र एकमुष्ट तेरिज, (घ) देवानी तथा फौजदारी मुद्दाहरू मध्ये कुन-कुन विषयमा के कति दर्ता छन्‌ त्यसको तथ्याङ्क,

(ङ) कुन अदालत, निकाय या पदाधिकारीको निर्णयउपर कति पुनरावेदन परेको छ भन्ने कुरा र तीमध्ये प्रतिवेदन अवधिभरमा किनारा लागेको मुद्दामा त्यस्तो निर्णय सदर वा उल्टी वा केही उल्टी भएको सङ्ख्या।

(च) मुद्दामा कार्यतालिका बमोजिमको समयमा कार्य सम्पन्न हुन नसकेका मुद्दाहरूको विवरण र सोको कारण।